आइतबार नेपालमा कोरोनाले बनायो नयाँ रेकर्ड
पछिल्लो २४ घन्टामा नेपालमा ७ हजार २ सय ११ जनाको कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार १६ हजार १ सय ४७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी, ६ सय २३ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा ७४ जनामा संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ।
आज पुष्टि भएको संख्या नेपालमा हालसम्मकै उच्च हो।
काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जनामा संक्रमित फेला परेका छन्।
जसमध्ये भक्तपुरमा ३ सय १, ललितपुरमा ५ सय ५० रकाठमाडौं २ हजार ७ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार ४८ हजार ७ सय ११ सक्रिय संक्रमित छन्।
जसमध्ये संस्थागत आइसोलेसनमा ३ हजार ५ सय ३० जना छन्। त्यसैगरी, होम आइसोलेसनमा ४५ हजार १ सय ८१ रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा संक्रमणबाट २७ जनाको निधन भएको छ।
आइतबार १ हजार ६ सय १२ जना संक्रमित निको भएका छन्।
हालसम्म कोरोनाबाट निको हुने प्रतिशत ८४ दशमलव ५ छ।
आज देशभर ६७ जना क्वारेन्टाइनमा छन्।
आइतबार देशभर ४ सय ३७ जना आइसियुमा १ सय ३१ भेन्टिलेटरमा उपचारत छन्।