संक्रमित नर्सले उपचार गर्न यी नम्बरमा कल गर्नुस्
नेपालमा कोरोना संक्रमणको दर भयावह रूपमा बढिरहेको छ।
‘फन्टलाइन’ काम गर्ने व्यक्ति संक्रमण हुने संख्या बढ्दो छ।
हाल नर्स संक्रमित भइरहेका छ। ड्युटिमा खटिएका नर्सहरूलाई संक्रमण हुन सक्ने जोखिम भएका उपचारका लागि नर्सिङ संघले विभिन्न व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराएको छ।
संघले एक सूचना निकाल्दै नर्सहरू संक्रमित भए काठमाडौं उपत्यकाको हकमा सात जनासँग सम्वन्य गर्न सकिने जनाएको छ।
जसमा नर्बदा थापा, मिना बाँनिया, विजया अधिकारी, सपना विक, अम्विका पौडेल, सीता केसी र हरी प्रसाद कोजु छन्।
संघले उपत्यका बाहिरको हकमा जिल्ला शाखा इकाईमा सम्पर्क गर्न सकिने जनाएको छ।