महंगो मास्क बेच्नेलाई दुई लाख जरिवाना
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वतस्थित अल फाइन सर्जिकल सप्लायर्सले महंगोमा सर्जिकल मास्क बेचेको आरोपमा रु २ लाख जरिवाना लिएको छ।
विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार अल फाइन सर्जिकल सप्लायर्सले प्रति पिस रु ४.४६ मा खरिद गरेको डिस्पोजेबल सर्जिकल मास्क रु ८.३८ मा बिक्री गरेकाे पाइएकाे हाे।
यो उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६, २ (क) विपरीत अनुचित व्यापारिक क्रियाकलाप गरेकोले दफा ३८ बमोजिमको कसुर गरेको पाइएको हुनाले दुई लाख रुपौंया जरिवाना गरिएको बताए।