निषेधाज्ञा पालना गराउन काठमाडौंका सडकमा कडा चेकजाँच ( २५ तस्विरहरू)

काठमाडौंमा निषेधाज्ञा पालना गराउन सडकमा प्रहरीहरू कडा चेकजाँचमा लागेका छन्।

बिहीबारदेखि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समयमा पनि सडकमा भीडभाड बढ्न थालेपछि आइतबारदेखि थप कडा गरिएको हो।

शनिबार बसेको सिसिएमसीको बैठकले उपत्यकामा बैंकहरूका एक चौथाईमात्रै शाखा खोल्न पाउने, पत्रकारहरूलाई सूचना विभाग वा जिल्ला प्रशासन कार्यालयको पासका आधारमा मात्रै साधन चलाउन पाउनेलगायतका प्रतिवन्धहरूमा थप कडाइ गर्ने निर्णय गरेको थियो।

आइतबार बिहानैदेखि उपत्यकाका सडकमा प्रहरीले कडा चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार सडकमा अनावश्यक हिँडडुल गर्नेलाई ‘होल्ड’मा राख्ने, सवारी नियन्त्रणमा राख्ने तथा सवारी पासमा कडाइका साथ चेकजाँच भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय