देशभर वर्षा, कस्तो रहला आगामी तीन दिनको मौसम?

हेल्थपोस्ट नेपाल

आज देशको पूर्वी भागबाहेक धेरैजसो ठाउँहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा रातिदेखि नै वर्षा सुरु भएको हो।

विभागका अनुसार देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ। वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित बर्षा भइरहेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार

दिउँसो:   देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ।

सोमबार

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना छ।

मंगलबार

दिउँसो:    देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक देखि सामान्य बदली रही वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम बर्षाको समेत सम्भावना छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *