बेड नपाउँदा छटपटाउँदै घर फर्कन बाध्य कोरोना संक्रमितहरु [भिडियोसहित]

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बेड अभाव हुँदा कोरोना संक्रमितहरु अस्पतालको गेट बाहिरैबाट फर्किन बाध्य भएका छन् ।

कोरोना संक्रमण भई घरमै आइसोलेसनमा रहेका बिरामीहरु शरीरमा अक्सिजनको लेभल घटेपछि अस्पताल आउने गरेको भए पनि बेड नपाउँदा फर्किन बाध्य भएका हुन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट अक्सिजन लेभल घटेपछि दिदीलाई एम्बुलेन्समार्फत् अस्पताल ल्याएका घनश्याम घिमिरेले बेड नभएपछि दिदीलाई घरमै फर्काए ।

अस्पतालमा रहेको फिभर क्लिनितर्फको मूल सडकमा एम्बुलेन्सभित्र दिदी छटपटाइरहेकी थिइन भने घिमिरेले आफन्तलाई फोन गर्दै थिए । केही समय अस्पतालमा सोधखोज र चिनेजानेकालाई फोन गर्दासमेत भर्ना नपाएपछि पुनः घरतर्फ फर्किनुपरेको उनको भनाइ छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा ४ भेन्टिलेटर, १५ आइसीयु र ३४ वटा अक्सिजन बेड सञ्चालनमा छन्। त्यसैगरी अस्पतालकै फिभर क्लिनिकमा ७ वटा अक्सिजन बेड सञ्चालनमा छन्।

अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जिल्ला बाहिरबाट बिरामीको चाप भएको हुँदा बेडहरु भरिभराउ भएको बताए । उनका अनुसार मुख्यगरी कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, रोल्पा प्यूठान, गुल्मी, पाल्पाबाट कोरोना संक्रमित बिरामी उपचारका लागि अस्पताल आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय