अक्सिजनको कमीका कारण ८ कोरोनाका बिरामीको मृत्यु

भारत दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको कमीका कारण कोभिडका ८ बिरामीको मृत्यु भएको छ।

भारतीय समाचार समिति पिटिआइका अनुसार मृत्यु हुनेमा सोही अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख पनि छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अक्सिजनको भारी कमी आएको र कैयौं अस्पतालले इमर्जेन्सी कल बजाएको बताए।

उनले आफूहरुले अदालत तथा केन्द्रसँग दिल्लीमा दैनिक अक्सिजन ९७६ टन चाहिने बताए पनि ४९० टनमात्र दिइएको र शुक्रबार ३१२ टनमात्र दिइएको उल्लेख गर्दै यसरी नचल्ने बताए।

दिल्ली उच्च न्यायालयले शनिबार दिल्लीको भागमा परेको ४९० मेट्रिक टन ग्यास उपलब्ध गराउन केन्द्र सरकारलाई आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय