सरकार महामारीमा आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : नेपाल चिकित्सक संघ  

हेल्थपोस्ट नेपाल

सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार एक विज्ञप्ती निकाल्दै संघले नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी सरकार भएको हुँदा महामारीमा आफ्नो दायित्वबाट पन्छिन नमिल्ने जनाएको छ।

‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै ‘महामारीको संक्रमण बढदै गइरहेको सुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मी हरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो,’ प्रेस विज्ञप्तीमा भनिएको छ।

संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्वयम नै संक्रमित हुँदै गइरहेको भन्दै उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *