शनिबार हालसम्मकै कोरोना संक्रमण उच्च, १९ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ९६ नुमना परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ।

पछिल्लो २४ घन्टामा १९ जनाको संक्रमणबाट निधन भएको छ।

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ।

शनिबार देशभर ४३ हजार २ सय १३ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १ हजार २ सय ८७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

यो सँगै निको हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२ पुगेको छ।

आज क्वारेन्टाइनमा ६७ जना छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *