बलिउड अभिनेता विक्रमजीत कँवरपालको कोरोनाका कारण निधन

हेल्थपोस्ट नेपाल

भारतीय अभिनेता विक्रमजीत कँवरपालको कोरोनाका कारण निधन भएको छ।

५२ वर्षीय कँवरपाल टेलिभिजन तथा बलिउडमा काम गरेका थिए।

अभिनयमा प्रवेश गर्नुअघि उनी सेनाका अफिसर थिए।

सेनाबाट रिटायर भएपछि उनले सन् २००३ मा अभिनयको डेब्यु गरेका थिए।

उनको निधनमा मनोज बाजपेयी, अशोक पण्डित, रोहित रोय, नील नितिन मुकेशलगायतले ट्वीट गर्दै शोक व्यक्त गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *