

यसअघि पनि पहिलो चरणको कोरोनाका बेला त्यहाँ बेड विस्तार गरिएको थियो।
तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँदै गएकाले विरामी राख्नुपरेको थिएन।
त्यसपछि प्रशासनसँगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सबै स्टोरमा राखेको थियो। अहिले त्यही बेड विस्तार गरिएको हो।
देशभरसँगै भक्तपुरमा पनि कोरोनाको संक्रमण वढ्दो छ।
जिल्लामा भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिका छन्।
यीमध्ये जिल्लामा सवैभन्दा वढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँगुनारायणमा छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पीसीआर पोजेटिभ हुनेहरुको संख्या ९वैशाख १७ गतेसम्म० मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँगुनारायणमा ७ छन्। साथै पाँच जना सम्पर्कविहीन छन्।
Well done..Really great work specially in this most critical situation globally