चितवनमा कोरोना संक्रमणबाट युवा बढी प्रभावित

हेल्थपोस्ट नेपाल

चितवनमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या निरन्तर बढि रहेको छ । कोरोना संक्रमण अघिल्लो वर्ष भन्दा फरक ढंगको देखिएको छ ।

अघिल्लो वर्ष वृद्धवृद्धाहरू बढी प्रभावित भएपनि अहिले युवाहरुमा संक्रमण धेरै देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, २०देखि२९ बर्ष उमेर समुहका मानिसमा कोरोना संक्रमण बढी देखिएको छ ।

जिल्लामा यो समुहका १ हजार ९ सय ८७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यसमध्ये महिला बढी छन् । १ हजार ३१ जना महिला संक्रमित हुँदा ९ सय ५६ जना पुरुष रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि संक्रमति हुनेमा ३०देखि ३९ बर्षसम्मका १ हजार ८ सय ११ जनालाई संक्रमण भएको छ ।

२० बर्षभन्दा मुनीका ५ सय ११ जना छन् ।

त्यसमा पनि ४ बर्ष मुनिका ६४, ५देखि९ बर्षसम्मका ७०, १०देखि १९ बर्षसम्मका ३ सय ७७ जनालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

यस्तै ४०देखि ४९ बर्ष उमेर समुहका १ हजार ४ सय २१ र ५०देखि ५९ उमेर समुहका १ हजार ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

६० बर्ष माथिका १ हजार ९ जना रहेका छन् ।

त्यसमध्ये ६०देखि ६९ बर्ष उमेर समुहका ५ सय ४३, ७०देखि ७९ बर्ष उमेर समुहका ३ सय २६ र ८० बर्ष माथिका १ सय ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको कार्यालयले जानकारी दिएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *