रुपन्देहीको कोरोना अस्पतालमा संक्रमितले गरे आत्महत्या
रुपन्देहीमा एक जना कोरोना संक्रमितले कोरोना अस्पतालमा आत्महत्या गरेका छन्।
सैनामैना नगरपालिकाको वनकट्टाको प्राकृतिक अस्पतालमा सञ्चालनमा रहेको कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार शौचालयमा आत्महत्या गरेका हुन्।
उनी वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।
शनिबार बिहान शौचालय गएका उनी मृत अवस्थामा फेला परेको अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो।
उक्त कोरोना अस्पताल नगरपालिकाले तीन दिन अघि सञ्चालनमा ल्याएको थियो।