कोरोनाका खबर : दिमाग खलबल्याइरहेको एउटा भयानक ‘डर’

हेल्थपोस्ट नेपाल
अस्पतालमा बिरामी अनि डाक्टरको क्रन्दन।अक्सिनको कमी। रोइरहेका आफन्त अनि परिवारजन।जलिरहेका लास।

आजकल यस्ता दृश्यहरू सामाजिक सन्जालमा आम भइसकेका छन्।

मानिस आफैले पनि पाइला पाइलामा यस्ता दृश्यहरू देखिरहेका छन्।

मिडियामा आउने हरेक समाचारका हेडलाइनहरू यिने खबर लिएर आउँछन्।

तर, यी खबर अनि सूचनामात्रै होइन, मानिसका लागि एउटा ‘डर’ पनि बनेर आएका छन्।

र, कैयौ मानिसलाई यस्तै भय र त्रासको वातावरणले मानसिक रोगी पनि बनाइरहेको छ।

एथिक्स एन्ड मेडिकल रजिस्ट्रेशन बोर्डका अध्यक्ष डा. बिएन गंगाधरसहित केही मानसिक रोग विशेषज्ञहरूले एउटा खुला पत्र लेखेर यो विषयलाई उठान गर्न खोजेका छन्।

यसैसात लेखिएको थियो पत्रमा सञ्चारमाध्यमहरूले देखाउने गरेका बिरामी, अस्पतालको दृश्य तथा लास जलाइरहेका घाटहरूको दृश्यले आम मानिसको मानसिक स्वास्थ्यमा गम्भिर असर परिरहेको उल्लेख गरिएको छ।

पत्रमा के छ?

‘घाटहरूमा जलिरहेका लास। रोइरहेका आफन्त, पीडा र क्रन्दनको विष्फोट।

अनि वरिपरि घेरिरहेका पत्रकार र क्यामेरा समाएकाहरूको झुन्ड।

यसले मानिसको ध्यान त खिच्न सक्छ।

तर मिडियाले देखाएका यस्ता दृश्यले गम्भिर परिणाम ल्याउन पनि सक्छन्’ पत्रमा भनिएको छ ‘महामारीका लागि लगाइएका कतिपय प्रतिवन्धहरूले मानिस आफै पनि सामान्य जीवन बाँच्न पाइरहेको छैन।

उनीहरूमा त्यसै पनि मानसिक समस्या आइरहेको हुन्छ।

यस्तो बेलामा मानिसले घरमै बसेर टेलिभिजन हेरिरहेको हुन्छ वा सामाजिक सन्जालमा बढी ध्यान दिइरहेको हुन्।

तर, त्यसरी पत्रकारहरूले देखाउने दृश्यले उनीहरूका पीडा अनि समस्या अझै गहिरिन पुग्छ।

यो मुस्किल घडीमा संवेदनशील विषयहरूको रिपोर्टिङ सहज पक्कै छैन।

तपाईं हामी जो दृश्य देखाइरहेका छौं त्यसले तपाईं आफैलाई कति धेरै असर गरिरहेको हुन्छ? सबैभन्दा पहिला हामीले यही कुरा सोच्नुपर्छ।

यो त कसैलाई थाहा हुँदैन कि त्यस्ता दृश्य भएका खबर देखाउने मानिसको मानसिक स्थिति के छ?

जसलाई संक्रमण छैन वा संक्रमित भएर पनि घरमै बसिरहेको छ, उसले यस्ता दृश्य देख्यो भने उसको स्थिति के होला?

बढ्दै मानसिक समस्या

दल्लीमा बस्ने कविता विष्टले ‘जनरलाइज्ड एन्जाइटी’को उपचार गराइरहेकी छिन्।

कैयौं ससाना घटनाहरूले पनि उनलाई झस्काइरहन्छ र उनी डराइरहन्छिन्।

त्यसैको उपचार गराइरहेकी उनको अवस्था केही समयसम्म ठीकै थियो। तर, पछिल्ला दिनमा उनको समस्य झन् धेरै बढ्न थालेको छ।

‘घरबाट मेरा पतिमात्रै बाहिर निस्कनुपर्ने हुन्छ। उनको बारेमा मलाई सारै डर लाग्छ। मैले लगातार कोरोनाको बारेमा सोचिरहेको हुन्छु। कतै एक ठाउँमा बसेँ भने त्यहीँ बसिरहन्छु र थाहै नपाइ रोइरहेकी हुन्छु। एकपटक त रूदैँरुदैँ म निकै कडा घाम लागिरहेको बेला छतमा घन्टौं बसेँ तर त्यस्तो धुपमा पनि मलाई गर्मीको महसुस भएन। फेब्रुअरी सम्म मलाई यस्तो केही थिएन। अहिले झन् झन् डर लाग्न थालेको छ’ उनी भन्छिन्।

‘अहिले जुन वातावारण छ त्यसको प्रभव मानसिक रुपमा कमजोर र स्वस्थ दुवै मानिसमा उत्तिकै पर्नसक्छ’ सफदरजंग अस्पतालका मानोरोग विशेषज्ञ डा. पंकज कुमार भन्छन् ‘पहिलादेखि नै समस्या भएकाहरूलाई यो माहोलले झन बढी पिरोल्नसक्छ।’

उनका अनुसार लगातार आइरहेका नकारात्मक सन्देशहरूले मानसिकता बिथोल्नसक्छ। त्यसले शरीरमा तनाव पैदा गर्ने एउटा सिस्टमलाई झन् सक्रिय बनाउँछ। त्यसले मानिसलाई अझै उच्च मानसिक बिमारको स्थितिमा पुर्‌याउनसक्छ।

‘यसले दिमागमा पूरै अलार्म बजाउन सुरु गर्छ। किन तिमी धेरै मुस्किल स्थितिमा छौं। जस्तो कि जंगलमा एक्लै हिँडिरहेका बेला एउटा बाघ अपर्झट अगाडि आयो। त्यो बेला शरीरका सारा सिष्टमहरू एकैपटक सक्रिय हुन्छन्। तर केही थाहा हुँदैन कि के गर्ने भनेर। लगातार आइरहने, हाम्रा कानमा गुन्जिरहने खबर अनि समाचारहरू। हामीले देखिरहने त्यस्ता भयावह दृश्यहरूले शरीरमा एकप्रकारको हर्मोन पैदा गर्छ। जसले गर्दा तनाव पैदा हुन्छ’ उनले भने।

के गर्ने त?

डाक्टरहरूले सुझाएका छन् कि, जसरी हामीले खानाका लागि ‘डाइट’को एउटा सेड्युल वा रुटिन बनाउँछौं त्यसैगरी खबर वा सूचनाहरूको लागि पनि ‘अटेन्सन डाइट’ तय गर्न जरुरी छ।

– तपाईंले सूचना वा समाचारका लागि एकदमै विश्वसनीय माध्यम मात्रै छान्न सक्नुहुन्छ। जस्तो कि, विश्व स्वास्थ्य संगठन। स्वास्थ्य मन्त्रालय। कुनै अनलाइन, टेलिभिजन वा अखबार। तर त्यो दुई वा तीन मात्रै हुनुपर्छ।

– पूर्णरुपमा सूचना लिन बन्द नै गर्नुपर्ने जरुरी छैन। तर सूचना वा खबर थाहा पाउनक लागि कुनै एक निश्चित समय तय गर्नुपर्छ। कुन समय र कति बेरसम्म टिभी हेर्ने। कति समय समाजिक सन्जाल वा समाचार वेभसाइटहरू हेर्नेजस्तो समय तय गर्नुपर्छ। त्यसका लागि साँझ र बिहान आधा आधा घण्टाजति समय छुट्याउँदा उपयुक्त हुन्छ।

– यदि पहिलादेखि नै मानिसक रुपमा समस्या छ वा त्यस्तो केही समस्या छ भने त पूर्णरुपमा समाचारहरू हेर्न वा सुन्न बन्द नै गर्दा पनि हुन्छ।

– यसमा ध्यान दिनुस् कि तपाईंको वशमा के छ। जस्तो कि अक्सिजनको  आपूर्ति बढाउने हाम्रो हैसियत पनि छैन र हामीले त्यसमा केही गर्न पनि सक्दैनौं भने हामी सावधान हुने हो। सावधान पनि त्यत्तिमात्रै हुने कि जति आफूले सकिन्छ।

– कसैले बारम्बार कोरोनाको बारेमा नकारात्मक कुरा गर्छ भने त्यस्ता मानिससँग कुरा गर्न बन्द गर्नुपर्छ।

– कोही मन मिल्ने साथी, आफन्त अनि नातेदारसँग धेरै भन्दा धेरै कुरा गरिरहने र एकअर्काको हौसला बढाइरहने। एजेन्सीहरूकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *