कोरोना अस्पतालमा आगलागी– १८ संक्रमितको मृत्यु
गुजरातको भरुचस्थित एउटा अस्पतालमा आगलागीमा हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। उनीहरू सबै कोराना संक्रमित हुन्।
चार तले अस्पतालमा आगलागी भएपछि अहिले त्यहाँको स्थिति भयावह भएको छ। त्यहाँ ५० जनाभन्दा धेरै संक्रमितको उपचार भइरहेको थियो।
समाचार एजेन्सी पिटिआइका अनुसार राति १ बजेतिर अस्पतालमा आगो लागेको थियो। घाइते भएका बिरामीहरूलाई नजिकैको अर्को घरमा सारिएको छ।