शुक्रबार हालसम्मकै कोरोना संक्रमण उच्च, ३३ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा पाँच हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रलयको अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३ सय ९१ पिसिआर र ५ सय २५ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय २७ जना संक्रमण पुष्टि भएको हो।
यो संख्या हालसम्मकै उच्च हो।
योसँगै संक्रमित हुनेको संख्या तीन लाख २३ हजार १८७ पुगेको छ।
शुक्रबार सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ।
आज कोरोना संक्रमणबाट ३३ जनाको निधन भएको छ।
यो संगै संक्रमणबाट निधन हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ।
२४ घन्टामा ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन्।
देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।