वीरमा पूर्वप्रधानमन्त्री भट्टराई सफल शल्यक्रिया, आइसियूमा सारियो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया भएको छ।

वीर अस्पतालका उपचारमा सम्लग्न चिकित्सकका अनुसार अहिले उनलाई आइसियूमा सारिएको छ।

भट्टराईको उपचार डा. सुबोध अधिकारी नेतृत्वको टिमले गरिरहेको छ।

उनी बिहिबार बेलुकी वीरमा भर्ना भएका थिए।

‘अहिले उहाँको अवस्था राम्रै छ। हाल आइसियूमा सिफ्ट गरेका छौ। स्वास्थ्य अवस्था हेरी चाडैं डिस्चार्ज गछौं,’ चिकित्सकले भने।

पेटको आन्द्रामा समस्या देखिएपछि लामो समयदेखि भट्टराईले परीक्षण गर्दै आएका थिए।

चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि उनी गत फागुन ९ गते भारत गएका थिए।

चिकित्सकले उनलाई चाडैं शल्यक्रिया गर्न सुझाव दिएपछि भट्टराईले शल्यक्रिया गराएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय