खानेपानीमन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ ।

उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण देखिएपछि मन्त्री थापाको पनि स्वाब सङ्कलन गरिएको थियो। उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो।

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन।

सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहनुभएको उहाँका स्वकीय सचिव गौतमले जानकारी दिए।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ। 

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *