भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन

हेल्थपोस्ट नेपाल

भारतको आजतक टेलिभिजनमा कार्यरत पत्रकार रोहित सरदानाको निधन भएको छ।

शुक्रबार अपराह्न उत्तर प्रदेशको नोयडास्थित एक lनजी अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको आज तककी पत्रकार चित्रा त्रिपाठीले जनाएकी छिन्।

कोरोना संक्रमणका कारण उनको मृत्यु भएको हो।

केहीबेरअघि चित्राले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,‘हाँस्दै खेल्दै गरेको परिवार। दुई छोरी। उनीहरूका लागि यो ‘दंगल’ ले हार्नुपर्ने थिएन। राेहित सरदानाजी।’

पत्रकार चित्राका अनुसार आइसीयूमा उपचार भइरहेकोमा रोहितको मृत्यु भएको हो। ‘आज बिहान ४ बजे नोएडाकाे एक निजी अस्पतालमा तपाईंलाई आइसियूमा लगियो। र, दिन चढेसँगै यस्तो नराम्रो खबर आइदिएको छ। अब भन्नलाई केही बाँकी छैन,’ चित्राले भनेकी छिन्।

पहिले जी न्युजको चर्चित कार्यक्रम ‘ताल ठोक के’ मा काम गरेका उनले केही समयदेखि आजतकमा ‘दंगल’ नामको चर्चित शो चलाउँदै आएका थिए। उनले सन् २०१७ मा जी न्युज छाडेका थिए।

उनीसँगै काम गरेका जी न्युजका सम्पादक सुधिर चौधरीले ट्वीट गर्दै सरदानाको निधनको खबर सुनेर आफ्नो हात काँपेको उल्लेख गर्दै भनेका छन्, ‘यो भाइरसले हाम्रो यति नजिकैबाट कसैलाई लैजान्छ भनेर कल्पनासमेत गरिएको थिएन, यसका लागि म तयार थिइनँ, यो भगवानको अन्याय हो।’

सरदाना एकहप्ता अगाडिसम्म कार्यक्रम चलाइरहेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *