वीर र ट्रमाका पदाधिकारीले भष्ट्राचार गरेको भन्दै विभिन्न निकायमा उजुरी

हेल्थपोस्ट नेपाल

वीर अस्पताल र ट्रमा सेन्टरले केही पदाधिकारीले भष्ट्राचार गरेको भन्दै उजुरी परेको छ।

वीर अस्पतालका कर्मचारी युनियनले कोरोना महामारीको सयम विभिन्न उपकरण खरिद प्रक्रियामा व्यापक भष्ट्रचार गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।

प्रधानमन्त्री कार्यलय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सिसिएमसि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा उजुरी दर्ता गराई दोषि उपर कारबाही गर्ने आग्रह गरेका छन्।

अस्पतालका खरिद इकाईले अक्सिजन, मनिटर, भेन्टीलेटर, एबिजी मेसिन,कमिसनमा नपाएका कारण मर्मत नगरेको उजुरीमा उल्लेख गरिएको छ।

त्यसैगरी, ओपिडी छाप मंहगोमा किनेको, कर्मचारीलाई होटलमा राखेको पैसामा अनियमिता गरेको,

औषधिमा खरिदमा समेत अनियमिता गरेको आरोप लगाइएको छ।

सम्बन्धित निकायलाई भष्ट्राचारको छानबिन गरी चाडैं दोषी उपर कारबाही हुनुपर्ने युनियनले अनुरोध गरेको छ।

तत्काल नै दोषीलाई कारबार्ही नभएर कडा कदम चाल्न बाध्य हुने युनियनका एक पदाधिकारीले बताए।

ujari 1-16

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *