भेरी अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी
भेरी अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले एक सुचना जारी गर्दै विभिन्न पदका लागि २३ जना कर्मचारीको माग गरेको छ।
अस्पतालले एनेस्थेसियोलोजिष्ट, फिजिसियन, पिडियाट्रिसियन, जनरल सर्जन, न्युरोलोजिस्ट, न्यूरोसर्जन, काडियोलोजिस्ट, प्लास्टिक सर्जन लगायतका २३ कर्मचारीको माग गरेको हो। उक्त कर्मचारी करारको लागि मागेको हो।
अस्पतालले इच्छुक कर्मचारीलाई एक हप्ता भित्र आवेदन पेस गर्न आग्रह गरेको छ।