भारत : २४ घण्टामा थपिए ३ लाख ८६ हजार संक्रमित, ३४९८ को मृत्यु

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना संक्रमणको भयावह अझै उस्तै छ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै ३ हजार ४ सय ९८ संक्रमितको मृत्यु भएकोछ।

बिगत दश दिनदेखि भारतमा हरेक दिन ३ लाखभन्दा धेरै संक्रमित फेला परिरहेका छन्।

भारतमा अहिलेसम्म २ लाख ८ हजार ३ सय ३० जना संक्रमितको मृत्यु भइसकेको छ।

१ करोड ८७ लाख ६२ हजार ९ सय ७६ मानिस संक्रमित भइसकेका छन्।

तीमध्ये अहिले ३१ लाख ७० हजार २२८ सक्रिय संक्रमितको उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *