पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिँदै

कोरोना संक्रमण भई अस्पताल भर्ना भएकी पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

नर्भिक अस्पतालका अनुसार उनको स्वास्थ्य अजस्था गम्भीर भएपछि यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो ।

शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ, अस्पताल प्रशासनले जनाएको छ।  ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ।

उनलाई हाल अक्सिजनकै सपोर्टमा राखिएको छ भने पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

उनलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

भारतको कुम्भमेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय