डा.डिपी सिंहको निधन
चर्चित जनरल प्रक्टिसनर (जिपी) डा. डिपी सिंह (ध्रुबप्रसाद)को शुक्रबार विहान निधन भएको छ ।
लामो समय वीर अस्पतालको आकस्मिक विभागको प्रमुख भएर काम गरेका डा. सिंह रक्त क्यान्सरबाट पीडित थिए।
केही दिनदेखि स्वास्थ्यमा थप जटिलता आएको थियो । विहान २ बजेतिर थप कठिनाई भएपछि नजिकैको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा लाँदालार्दै निधन भएको हो ।
शव सिंहको इच्छाअनुसार अन्तिम संस्कारका लागि जन्मथलो सप्तरी लगिएको छ
डा. सिंहको ७१ वर्षअघि सप्तरी बनेनिया जन्मिएका सिंह पछिल्लो समय ललितपुरको हात्तिबनमा बस्दै आएका थिए।
सिंहले माध्यामिक र उच्च शिक्षासमेत भारतबाटै गरेका थिए।
उनले भारतको तत्कालीन भागलपुर मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए ।
एमबिबिएसपछि दोलखाबाट सेवा ०३८ सालदेखि सरकारी सेवा सुरु गरेका उनले १२ वर्ष वीरमा विभागीय प्रमुखसहित झण्डै ४ दशक सरकारी सेवामा बिताएका थिए ।
वीरमा रहँदा पटकपटक निमित्त निर्देशकको जिम्मेवारी वहन गरेका थिए ।
सिंहले टेकु अस्पतालमा समेत सेवा गरेका थिए ।
सरकारी सेवामा रहँदा पनि निकै थोरै वर्षमात्रै निजी प्रक्टिस गरेका डा. सिंहले एक दशकभन्दा लामो समय गौशालास्थित धर्माशालामा बिरामीलाई निःशुल्क सेवा गरेका थिए।
प्रिय मित्र! अब सम्झनामा मात्र – हार्दिक श्रध्दाञ्जली!!!
RIP, condolence to family!
very good personality