सुनसरीमा पनि निषेधाज्ञा

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सुनसरीमा पनि निषेधाज्ञा लागू हुने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातदेखि वैशाख २४ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेशकुमार पोखरेलले जानकारी दिएका छन्।

निषेधाज्ञा अवधिभर बिनाकाम घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *