कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठुलो संख्यामा माग्यो कर्मचारी
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
प्रतिष्ठानले विभिन्न २१ पदका लागि विभिन्न तहका कर्मचारी माग गरेको हो।
प्रतिष्ठानले प्राध्यापक, एसोसिएट प्राध्यापक र लेक्चरहरूका लागि आवेदन माग गरेको छ। त्यसैगरी
इन्टरनल मेडिसिन,रेडियोलोजी, मेडिकल अफिसर लगायत अन्य पदमा प्रतिष्ठानले कर्मचारी माग गरेको छ । प्रतिष्ठानले एक हप्ता भित्र आवेदन पेस गर्न आग्रह गरेको छ।