महानगरको निःशुल्क एम्बुलेन्स सेवामा चालकसँग सिधा सम्पर्क गर्न सकिने (सम्पर्क नम्बरसहित)

काठमाडौँ महानगरले संयुक्त एम्बलेन्स चालक संघसँग गरेको सम्झौताबमोजिम सञ्चालित एम्बुलेन्सका चालकसँग सिधा सम्पर्क गरेर सेवा लिन सकिने भएको छ।
महानगरको हटलाइन ११८० वा एम्बुलेन्स चालकको सिधा सम्पर्कबाट सेवा उपलब्ध हुनेछ।
यसका लागि विहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताबमोजिम राष्ट्रिय सभा गृह, ट्रलीबस परिसर, वडा ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा २÷२ वटा एम्बुलेन्स २४ सै घण्टा तैनाथ हुनेछन्। यी एम्बुलेन्सहरु कोभिड संक्रमण नभएका विरामीका लागि हुन्।
कोभिड संक्रमण भएका विरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन्।
कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा विरामीलाई अस्पताल जानबाट बञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको हो ।
सेवाका बारेमा प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्य भने, ‘कहिलेकाहीँ बिरामीलाई अस्पताल पु¥याउन ढिला भएका कारण बचाउन नसकिएको गुनासो आउने गर्छ। ५ मिनेट मात्र छिटो ल्याउन सकिएको भए बचाउन सकिन्थ्यो भन्ने घटना सुनिन्छ। जतिसुकै प्रतिकूल अवस्था भए पनि कसैलाई यस्तो अवस्था नआओस् भनेर हामीले महानगरबासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका हौँ ।’
यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइन्छ। सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।
महानगरका सबै क्षेत्रका नागरिकले निःशुल्क एम्बुलेन्सको समान पहुँच पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सेवालाई सहरका ५ ठाउँमा राखिनेछन्।
सहरी स्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलले भने, ‘यो सेवा पूर्ण निःशु हो । यसमा मोलाइजा हुँदैन। नाइनास्ति हुँदैन ।’
कहाँ कुन एम्बुलेन्स?
चावहिल, वडा ७ परिसर वा ३ च २७६६ र बा १० च ७८५६ चालक, अजय लामा ९८४१ ०५४७६८
उद्धव भण्डारी ९८४१ १४०६२२ स्वयम्भू
वडा १५ परिसर ना २ च ७७५४ र बा १० च ४३७३ चालक शंकर दाहाल ९८०८२ ७९८१९ डम्बर गुभाजू ९८८१ ३८७२१७ महाराजगञ्ज
वडा ३ परिसर बा १२ च २३६० र बा ६ च २८२ चालक श्याम श्रेष्ठ ९८१३ २४६०८६
कृष्ण गुरुङ् ९८०८२ ९२५५० ट्रली बस मीनभवन , ब १८ च ५६५७ र ना २ च ४१२० चालक सोमबहादुर तामाङ् ९८४० ९१६२६२
सविन थापा ९८४० २४१४४९ सभा गृह, प्रदर्शनी मार्ग बा ६ च ९१०० र बा ५ च ५७५९ चालक गोर्वधन सापकोटा ९८५१० ८२४२५, तुल सिंह तामाङ् ९८१८ ४३९५९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय