नेपालमा एकैदिन ३५ जनाको मृत्यु, संक्रमित संख्या ५ हजार नजिक

नेपालमा एकैदिन कोरोना संक्रमणले ३५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या अनुसार आज थपिएका सहित नेपालमा ३ हजार २ सय ४६ जनाको मृत्यु भएको हो। कोरोना महामारी सुरु भएयता एकै दिन यति धेरै संख्यामा मानिसहरुको मृत्यु भएको यो पहिलोपटक हो।

पछिल्लो २४ घन्टामा थप ४ हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेको संख्यामा नेपालमा ३ लाख १७ हजार ५ सय ३० पुगिसकेको छ।

बिहिबार ८८८ जनाको संक्रमित निको भएका छन्।

निको हुनेको संख्या हालसम्म २ लाख ८० हजार १ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ।

आज सक्रिय संक्रमित ३४ हजार १ सय १७ छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय