गत २४ घन्टामा सुदूरपश्चिममा  ९ जनाकाे मृत्यु

काेराेना भाइरस संक्रमणका कारण सुदूरपश्चिममा एकैदिन ९ जनाकाे मृत्यु भएकाे छ।

सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार कैलालीका ५, कञ्चनपुरका ३ र बझाङका १ जना काेराेना संक्रमितकाे मृत्युु भएकाे छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुरास बिहीबार कैलालीकाे घाेघाघाेडी नगरपालिका -१२ का २८ बर्षिय युवक, वडानम्बर -१० का ६० बर्षिया पुरूष, लम्किचुहा नगरपालिका- का ३३ बर्षिय पुरूष, गाेदावरी नगरपालिकाकि ८७ बर्षिया महिला र धनगढी उप महानगरपालिका-३ कि ४५ बर्षिया महिला छन् ।

यसैगरी कञ्चनपुरकाे भिमदत्त नगरपालिका १९ का २१ बर्षिय पुरूष, वडननमबर १८ की ३६ बर्षिया महिला र दाेधारा चाँदनी नगरपालिका-३० बर्षिया युवककाे समेत बिहीबार मृत्यु भएको प्रवक्ता कार्किले बताए ।

बिहीबार नै बझाङकाे मष्टा गमउँपालिका-५ का ५५ बर्षिया पुरूषाकाे समेत काेराेना संक्रमणका कारण मृत्यु भएकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय