लुम्बिनी प्रदेशमा ६६९ स्वास्थ्यकर्मी संक्रमित

लुम्बिनी प्रदेशमा ६६९ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार हालसम्म १२ वटा जिल्लामा ६६९ स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् भने ६४८ जना संक्रमण मुक्त भएका छन्।

हाल प्रदेशमा १६ जना सक्रिय संक्रमित रहेका छन् भने ५ जना स्वासथ्यकर्मीहरुको मृत्यु भएको छ।

सुर्खेत जिल्लामा दुई जना, दाङ, पाल्पा रुपन्देहीमा एक÷एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

सबै भन्दा बढि बाँकेका स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने हाल दुई जना स्वास्थ्यकर्मीहरु मात्र सक्रिय संक्रमित रहेका छन्।

१५९ जनामा संक्रमण फैलिएको थियो भने १५७ जना निको भइसकेका छन्।

उच्च स्वास्थ्यकर्मी संक्रमण भएको दोस्रो जिल्ला रुपन्देही रहेको जसमा ११३ जना संक्रमित भएका थिए।

११२ जना संक्रमण मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय