लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त भएका छन्।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा. देवकोटालाई सचिवको जिम्मेवारी दिएको हो।
प्रदेशले एक हप्ता अगाडी स्वास्थ्य मन्त्रालय थप गर्ने निर्णय गरेको थियो।
यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो।
कोरोना संकटले स्वास्थ्यको महत्व बुझाएको भन्दै स्वास्थ्यकर्मीहरुले अन्य प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना र स्वास्थ्य क्षेत्रतर्फको सचिव हुनुपर्नेधारणा राख्दै आएका छन्।
डा. देवकोटाको दरबन्दी संघ अन्तर्गतको रहने छ।
यसभन्दा अगाडी डा. देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको भुमिकामा थिए।
डा. देवकोटाले अगामी आइतबार सचिवको पदभार ग्रहण गर्ने बताए।