नागरिकका गुनासा सम्बोधन गर्न सिसीएमीद्वारा संयन्त्र गठन

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले संक्रमण र लकडाउनमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ।

सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ ।

यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न सिसीएमसीले अनुरोध गरेको छ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइटमा रहेको फारम भर्न अनुरोध गरिएको छ ।

यसरी सङ्क्रमण र लकडाउनमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो।

कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले बिहीबारदेखि उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा घोषणा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय