प्रदेश सांसद शर्मालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइयो
कोरोना संक्रमित नेपाली कांग्रेस प्रदेश २ का प्रदेश सांसद ओमप्रकाश शर्मालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
एक साताअघि संक्रमण पुष्टि भएका शर्माको स्वास्थ्य अवस्थामा सुधार नभएपछि विहीबार हेलिकप्टबाट काठमाडौं ल्याइएको हो।
शर्मा
सँगै संक्रमित भएकी उनकी श्रीमतीलाई पनि उपचारका लागि काठमाडौं ल्याइएको छ।
पर्सा वीरगंज घर भएका प्रदेश सांसद शर्माका साथै उनकी श्रीमती, छोरा र छोरी गरी परिवारका चार जनालाई वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो।
संक्रमण देखिएपछि उनीहरू होमआइसोलसनमा बसेका थिए।