राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण अनलाइन मार्फत बुकिङ हुने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्न आउँदा अनलाइन बुकिङ गरी आएमा प्राथमिकता दिने भएको छ।

प्रयोगशालाले एक सुचना जारी गर्दै अनलाइन मार्फत बुकिङ गरेका लागि प्राथमिकता दिने जनाएको छ।

कोरोनाको परीक्षण विहान ९ः३० देखि अपरान्ह २  बजेसम्म रहनेछ।

अस्पतालहरु तथा अन्य सरकारी निकायहरुबाट सङकलन गरी ल्याएका नमूनाहरु भने २४ घण्टा नै लिइने छ।

प्रयोगशालाले नियमित दिइने परीक्षण सेवा कोरोना संक्रमण न्युन नभएसम्म स्थगित भएको जनाएको छ।

त्यस्तै, जनस्वास्थ्यसँग सम्बन्धित जेई, मिजल्स, एचआईभी, हेपाटाईटिस, भाइरल लोड, एचबी इलेक्ट्रोफोरेसिस, फिभर प्यानलको सेवा भने सुचारू रहने जनाएको छ।

 

One thought on “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण अनलाइन मार्फत बुकिङ हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय