पूर्वप्रधानमन्त्री भट्टराई वीरमा भर्ना, शुक्रबार शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई वीर अस्पताल भर्ना भएका छन्।
न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाको लागि भट्टराई बिहिबार अस्पताल भर्ना भएका हुन्।
उनको उपचारको नेतृत्व डा. सुबोध अधिकारी नेतृत्वको टिमले लिएको छ।
पेटको आन्द्रामा समस्या देखिएपछि लामो समयदेखि भट्टराईले परीक्षण गर्दै आएका थिए।
उपचारमा सम्लग्न चिकित्सकको अनुसार भट्टराईको शल्यक्रिया भोली हुनेछ।
चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि उनी गत फागुन ९ गते भारत गएका थिए।
चिकित्सकले उनलाई चाडैं शल्यक्रिया गर्न सुझाव दिएका थिए।
Get well soon
Get well soon former PM Dr Baburam Bhattarai ji.