भक्तपुर नगरपालिकामा ५० आइसोलेसन र २५ बेडको एचडियु निमार्ण हुदैं

हेल्थपोस्ट नेपाल

भक्तपुर नगरपालिकाले कोरोना संक्रमितको उपचारको लागि पुर्वाधारको निमार्ण गर्ने भएको छ।

नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडियू  निमार्ण गर्ने भएको हो।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप जनशक्ति सहित केही पुर्वाधार थप गर्न लागिएको नगरप्रमुख सुनिल प्रजापतिले बताए।

आज बसेको नगर स्तरको बैठकले कोरोना नियन्त्रण न्युकीकरणको लागि निर्णय समेत गरेको छ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७ हजार ७ सय ८ जनाले लगाइसकेका छन्।

त्यस्तै, कोभिसिल्ड दोस्रो दोज ७ सय १ जनालाई दिइसकेको जनाएको छ।

उनले कोरोना संक्रमणबाट नागरिकलाई सुरक्षित गर्न घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाएर लगाउनु पर्ने र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सुझाव दिए।

त्यसैगरी, कोरोना नियन्त्रण र रोकथामको लागि आवश्यक आर्थिक एवं भौतिक सहयोगको लागि प्रदेश सरकार सँग सहयोेगको लागि अपिल गरेको बताए।

विश्वव्यापी रुपमा नया भेरियन्टसहित कोभिड १९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनैतिक दलहरु, विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक संगठनहरु, टीम÷क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय भएको छ।

साथै, नगरभित्र रहेका सबै पार्टी प्यालेसहरु, संग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्रहरु, जिमखाना, मनोरञ्जन स्थलहरुलगायत बन्द गर्ने र कुनै पनि किसिमको भिडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरुमा आग्रह गरेको छ।

भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका पदाधिकारीहरुले भक्तपुर नगरपालिका ९ ब्रम्हायणीस्थित आइसोलेसन केन्द्र र एचडीयूको स्थलगत निरीक्षण पनि गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *