भारतमा कोरोना संक्रमण : मुटु हल्लाउने भयानक तस्विरहरू

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना भाइरसको विनासकारी मृत्यु आकंडा २ लाख नाघिसकेको छ।

भारतमा दिनरात कोरोना भाइरसको संक्रमणले यति भयानक रुप लिइरहेको छ कि बिरामी राख्नका लागि देशभरका सारा अस्पताल साँघुरा भएका छन्।

मृत्यु यतिसम्म बढिरहेको छ कि, अन्तिम संस्कारका लागि ठाउँ पुगिरहेको छैन।

संक्रमण र मृत्युको एकिन आंकडा अझै धेरै टाढा छ किनकि धेरैजसो मृत्यु र संक्रमणलाई त सरकारी तथ्याङ्कले समेट्न सकेको पनि छैन।

अक्सिजनका सिलिन्डरहरू देशैभरि सकिएका छन्। सासै नपाएर मानिसको मृत्यु भइरहेको छ। केही मानिसका लागि अक्सिजन ‘ब्ल्याक मार्केट’मा मात्रै छ। नत्र अस्पतालमा अक्सिजन छैन।

दुई सातादेखि हरेक दिन तीनलाखभन्दा धेरै संक्रमित भेटिन थालेका छन्। बिहीबार मात्रै त्यहाँ ३ लाख ६० हजारभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भयो।

विदेशबाट सहयोगहरू आउन सुरु भएको छ। बेलायत र सिंङ्गापुरले पठाएको अक्सिजनलगगायत अन्य स्वास्थ्य सामग्री भारत पुगेको छ। रुस, न्यूजिल्याण्ड तथा फ्रान्सलगायतका देशहरूले पनि स्वास्थ्य सामग्रीहरू पठाएका छन्।

चीन अनि पाकिस्तानजस्ता देशले पनि भारतलाई सहयोग गर्ने भनेर बचन दिएका छन्।

भारतका अधिकांश ग्रामीण क्षेत्रमा भएका मृत्यु त सरकारले गणना गर्नै भ्याएको छैन। अहिले त अस्पतालहरूमा भएका मृत्युलाई मात्रै आकंडामा राखिएको छ। भारतका गाउँगाउँमा भइरहेका मृत्युको ग्राफलाई पनि जोड्ने हो भने त मृत्युको आंकडा झन भयानक तस्विर बन्ने विज्ञहरू बताउँछन्।

दक्षिणी महाराष्ट्रपछि अहिले सबैभन्दा धेरै प्रभावति उत्तर प्रदेश भइरहेको छ।

बितेको चौबिसघण्टामा दिल्लीमा मात्रै २५ हजारभन्दा धेरै संक्रमित थपिएका छन्।

राजधानी दिल्ली अहिले सबैभन्दा धेरै संकटबाट गुज्रिरहेको छ। यहाँ दिनदिनै संक्रमित र मृत्युको आंकडा बढिरहेको तर औषधी र अक्सिजनको अभावमा मानिसको मृत्यु पनि भइरहेको छ।

चौविसघण्टाको अवधिमा यहाँ ३६८ संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म यहाँ १४ हजार ६ सय १६ जना मानिसको मृत्यु भइसकेको छ भने ९९ हजार ७ सय ५२ सक्रिय संक्रमित छन्।

सबै तस्विरहरू बिबिसीबाट साभार गरिएको हाे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *