कोरोना संक्रमित पूर्व रानी कोमल शाहलाई आइसियूमा सारियो

हेल्थपोस्ट नेपाल

पूर्व महारानी कोमल शाहलाई आइसियुमा राखिएको छ।

कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेकी शाहको अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा सारिएको हो।

अस्पताल प्रशासनको अनुसार श्वासप्रवासमा समस्या देखिएको र अक्सिजनको समेत कमी भएपछि उनलाई आइसियुमा राखिएको हो।

शाह हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या नभएको अस्पतालले जनाएको छ।

त्यसैगरी, उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएकाे छ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिन नपरेको उपचारत चिकित्सकले जानकारी दिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *