थपिए ४८९७ संक्रमित, देशभर ३०,२०९ सक्रिय संक्रमित

नेपालमा २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।

१३ हजार ८ सय ७९ नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ र ९ सय ५५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।

गत सोमबारयता हालसम्म ४० हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ भने १२ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, २४ घण्टामा १ हजार ७ सय ६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

बुधबार देशभर सक्रिय संक्रमित ३० हजार २ सय ९ रहेका छन्। जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा २७ हजार ८ सय ४५ छन्।

भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १ हजार ४ सय ६४ गरी उपत्यकाभर २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

बुधबार ५४ जना क्वारेन्टिनमा रहेका छन्। निको हुने दर पनि घटेको छ। २४ घण्टाको तथ्यांकअनुसार यो अवधिमा ८९.३ प्रतिशत कोरोनामुक्त भएका छन्।

संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ।

योसंगै मृत्यु हुनेको संख्या ३२११ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय