विदेश जानेको कोरोना परीक्षण ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिहरुका लागि कोभिड–१९ परीक्षण नतिजा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिका अस्पतालको ‘ए’ वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने जानकारी दिएको छ।
मन्त्रालयले त्यहाँबाट प्राप्त रिर्पोटहरुमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाईन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिर्पोट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय गरेको छ।