निषेधाज्ञाबारे काठमाडाैं प्रशासनले परिमार्जन गर्याे आदेश, नयाँ आदेशमा के छ ?
१६ वैशाखदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेकाे काठमाडौं जिल्ला प्रशासनले निषेधकाे आदेशमा परिमार्जन गरेकाे छ।
मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यसअघिको आदेशमा केही परिमार्जन गर्दै आदेश थप गरेका हुन् ।
जसमा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने जनाइएको छ।
यसअघिको आदेशमा बिहानदेखि साँझ ५ बजेसम्मनै ग्राेसरी खोल्न पाइने भनिएकाे थियो।
यसबाहेक अत्यावश्यक सेवामा कुरियर तथा डाँक सेवाका यातायात सञ्चालन गर्न पाउने व्यवस्था पनि थप गरिएकाे छ ।
विवाह, ब्रतबन्ध जस्ता कार्यमा दुई वटा गाडी प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ तर, गाडीमा ब्यानर लगाउनु पर्नेछ।
अन्य आदेश के के ?