भेरीका ८ चिकित्सकसहित ७३ कर्मचारीमा कोरोना संक्रमण

कोभिड–१९ को दोश्रो लहरसँगै भेरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण उल्लेख्य बढेको छ ।

बिरामीको चापसँगै अस्पतालमा कार्यरत जनशक्तिमा कोरोना संक्रमण बढ्दै गएको छ ।

अस्पतालका अनुसार संक्रमण देखिएका मध्ये ३३ जना नर्स छन् । कुन कुल संक्रमितको ४५ प्रतिशत हो ।

त्यसबाहेक अस्पतालका सहायक कर्मचारी (क्लिनर, हेल्पर आदि) – २२ जना, चिकित्सक – ८ जना, प्यारामेडिक्स ८ जना र प्रशासनका २ कर्मचारी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय