दाँत माझ्ने ब्रस कस्तो हुनुपर्छ ?

मुखमा हुने दन्तेलेउ, गिजाहर्ष, दन्तागजाहर्सा, श्वास गन्हाउने जस्ता रोगबाट बच्नु नै मुखको सरसफाईको प्रमुख उद्देश्य हो ।

घरमै गरिने मुखको सरसरफाईका उपायमध्ये ब्रस गर्ने सबैभन्दा महत्वपूर्ण छ ।

ब्रसको शीर मुखको विभिन्न भागमा पठाउन सकिने र तीन चारवटा दाँतलाई ओगट्ने हुनुपर्दछ ।

ब्रसको शीरको आकार २ दशमलब ५ सेमी वयस्कका लागि तथा वालकका लागि साईज १ दशमलब ५ सेमी हुनु उत्तम हो ।

ब्रस सिन्थेटिक हुनु अनिवार्य हुन्छ?
नेचुरल ब्रिसेवल छिटो विग्रने र त्यसमा व्याक्टेरियाको संक्रमण हुने अति सम्भावना हुन्छ ।

ब्रसमा ब्रिसेलको धेरै थुंगा होस्, प्रत्येक समूह वा थुंगामा व्रिसेल धेरै भएको राम्रो हुन्छ ।

एउटा राम्रो दाँत माझ्ने ब्रसमा करिव १६ थुंगामा ४० वटा व्रिसेल हुन्छन ।

ब्रस धेरै नरम भएपनि दाँत राम्ररी सफा हुँदैन ।

ब्रस फेर्ने कहिले ?

ब्रस लामो समयसम्म प्रयोग गर्नाले यसले दाँतको राम्ररी सफा नहुने र तन्तुहरुमा चोटपटक पनि लगाउन सक्दछ ।

सामान्यतः ३–४ महिनामा

ब्रिसेलको आकार बिग्रिमा त्यो अगावै

रुघाखोकी र ज्वरो आँउदा प्रयोग गरेपछि

बच्चाहरुको ब्रस २ महिनामा फेर्ने

ब्रसको माध्यमबाट धेरै मुखको रोग सर्ने हुँदा नसाट्ने

राख्ने कसरी ?

ब्रसलाई सही रुपमा राख्नाले यसको आयू बढ्नुका साथै यसमा हुने विभिन्न जिवाणुको संक्रमणवाट पनि बच्न सकिन्छ ।

दाँत माझिसकेपछि ब्रसमा रहेको टुथपेष्टलाई राम्ररी पखाल्ने

अड्किएको टुथपेष्ट तथा खानेकुरालाई राम्ररी सफा गर्ने

ब्रस सिधा रुपमा राख्ने

ब्रसको शीरलाई भिजेको अवस्थामा नछोप्ने

दुइटा ब्रसको ब्रिसेल टासिने गरीसँगै राख्नु हुँदैन

ब्रस कसरी गर्ने ?
दाँत ब्रस गर्ने तरीका मध्ये मोडिफाईड वेस मेथड सबैभन्दा प्रचलित छ ।

यस प्रक्रियावाट दाँत ब्रस गर्दा गिंजाको कुना–कुनासम्म पनि सफा हुन्छ ।

ब्रस दाँतको सतहमा ४५ डिग्रीको कोण बनाएर ब्र्रिसेलले गिंजाको कुना–कुना र किनार हेर्ने गरेर राख्नु पर्दछ ।

गिजाको किनारबाट अव ब्रसलाई माथि ल्याउनु पर्दछ जसले दन्तलेउ निकाल्न मद्दत गर्दछ ।

ब्रसलाई विस्तारै चलाएर अघिपछि गरेर अलि प्रेस गर्नुपर्छ ।

अगाडिको भाग सफा गरिसकेपछि भित्रि भागलाई पनि यसै तरिकाले सफा गर्नुपर्दछ ।

यसरी ब्रस गरिसकेपछि बाँकी भएको टुथपेष्ट थुकेर मुख कुल्ला गर्नुपर्दछ ।

कति समयसम्म ब्रस गर्ने?

एक व्यक्तिले जतिपटक दाँत ब्रस गर्छ भन्ने आधारमा अवधि फरक हुनसक्छ । ब्रस गर्ने वानी नहुन्जेल अलि बढी समय १०–२० मिनेट चाहिएला पछि ३–५ मिनेट पर्याप्त हुन्छ ।

दिनको दुईपटक विहान खाना खाएपछि र वेलुका खाना खाएपछि अनिवार्य दाँत सफा गर्नुपर्दछ ।

दाँत तथा मुखको सरसफाईमा सही ब्रसको छनोट गर्नु र सही प्रक्रियाबाट दाँत ब्रस गर्नु जति महत्वपूर्ण हुन्छ ।

सही तरिकाले हामीले दाँत माझ्न सक्यौं भने विभिन्न रोगबाट बच्नुका साथै स्वस्थ मुस्कानका साथ स्वस्थ जीवन यापन गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय