खोप केन्द्रहरुमा किन भीड ?

हेल्थपोस्ट नेपाल

सरकारले सर्वसाधारण नेपालीलाई पनि कोभिड १९ कोरोना भाइरसबिरुद्ध खोप दिइने थालेदेखि खोप केन्द्रहरुमा खोप लगाउनेको भीड लाग्ने गरेको छ । खोप दिन थालेपछि झण्डै सबै खोप लगाउने ठाउँमा भीड छ।

भेरोसेल खोप लिन आउनेको भीड दिन प्रति दिन सबैतिर बढ्दै गएको छ ।

सर्वसाधारण आतिएका कारण

संक्रमणको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । सरकारले लकडाउनको घोषणा गरेसँगै खोप लगाउन आउनेको भीड लागेको

नेपाल कोरिया मैत्री अस्पतालका अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

नगर प्रमुख श्रेष्ठले सर्वसाधारण आतिएको कारण खोप लगाउने स्थानमा भीड भएको बताउँछन्।

पहिला कोभिडसिल आउँदा खोप लगाउन आउनुस्, भनेर घरघरमा भन्न जाँदा पनि नआएको उनी सम्झन्छन।

बिगतमा खोप लगाउन घरघरमा बोलाउन जाँदा गाली गरेर पठाउनेहरु पनि अहिले अतालिएर परिवारै खोप लगाउन लाईन बस्न आएको पनि उनले सुनाए।

अहिले पूरै परिवार नै भेरोसिल खोप लगाउन लाइनमा बसिरहेको उनी सुनाउँछन ।

साथै अहिले सर्वसाधारणले खोप लगाइसकेपछि कोरोना नै नलाग्ने भनेर सोचेको उनी सुनाउँछन।

भेरोसिल खोप स्टोर गर्न सकिने अस्पतालबाट मात्र दिने र कम स्थानबाट वितरण गरेकोले भीड भएको हो, उनले भने। उनले खोप लगाउने ठाउँमा भीड भएकै कारण भक्तपुरकैै नागरिक अस्पतालबाट पनि आजबाट खोप वितरण सुरु गरेको सुनाए।

साथै आज एकदिन मात्र खोप दिने र बाकीँ भएका खोपहरु लकडाउनपछि मात्र वितरण गर्ने उनले जानकरी गराए।

खोप वितरण कम स्थानबाट भएका कारण

४ वटा नगरपालिकामा एकै वटा अस्पतालमा मात्र खोप लगाइरहेका छन्।

एउटा नगरपालिकामा एक ठाउँबाट मात्र खोप वितरण भइरहेकोले भीड भएको देखिन्छ।

यसै कारणले पनि खोप दिइरहेको ठाउँमा भीड भएको खोप केन्द्रहरुका अधिकारीहरुको भनाई छ।

खोप दिने ठाउँमा स्वास्थ्यकर्मीहरुले खाना खानसमेत समय नपाएको उनीहरु बताउँछन।

भक्तपुर जिल्लामा जम्मा ५ वटा स्थानबाट भेरोेसेल वितरण भइरहेको छ। दधिकोट अस्पताल, चाँगुनारायण, नेपाल कोरिया मैत्री अस्पताल,

नागरिक अस्पताल र जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहबाट खोप वितरण भइरहेका छ।

भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य सेवा केन्द्रमा पनि भीड भएको कारण खोप दिने एउटा मात्र ठाउँ भएकोले हो, जनस्वास्थ्य इन्चार्ज रत्नसुन्दर लासिवाले भने।

यसै कारण ८ बजे खोप दिने भनिएता पनि खोप लिनको लागि कुपन लिन ६ बजेदेखि लाइन बस्न आउने गरेको इन्चार्ज लासिवाँले जानकारी दिए।


ठाउँ सानो, खोप लिन आउने संख्या बढी भएका कारण चाहेर पनि स्वास्थ्य मापदण्ड पालना नभएको उनले बताए।

तर स्वास्थ्य मापदण्ड पालना गरि खोप दिनको लागि स्वयमसेवक, र सुरक्षा प्रहरी परिचालन भइरहेको उनी सुनाउँछन।
खोप भएसम्म निरन्तर खोप वितरण गरिरहने उनी सुनाउँछन।

साथै उनले खोप स्टोर गर्ने ठाउँ नभएको अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा खोप नदिएको कारण यस्तो अव्यस्थित हुन गएको बताउँछन्।

नगरभित्रका सबै नगरबासीहरु एउटै ठाउँमा खोप लिन भेला भएको कारण भीड भएको उनले बताए।

एउटा नगरपालिकामा पनि ३/४ ठाउँबाट खोप वितरण गरेको भए यस्तो भिड नहुने उनी बताउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *