भारतमा कोरोना मृत्युको संख्या २ लाख नाघ्यो, शव जलाउने ठाउँ नै पुगेन

हेल्थपोस्ट नेपाल
भारतमा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ। भारतीय अधिकारीहरूका अनुसार मंगलबारमात्रै ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ।एक सातामै भारतमा २० लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्। भारत मृत्युको आंकडामा भारत विश्वमै चौथो स्थानमा छ।

भारतमा अहिले अक्सिनको अभाव चुलिएको छ। अस्पतालमा बेडहरूको कमी भएको छ। बेड र अक्सिजन नै नपाएर मानिसको मृत्यु भइरहेको छ।

कोरोनग्रस्त भारतलाई अहिले विश्वका विभिन्न देशहरूले अक्सिजनलगायत स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेका छन्।

राजधानी दिल्लीमा बुधबार मात्रै २४ हजार १ सय ४९ जना थप संक्रमित फेला परेका छन्। ३८१ संक्रमितको मृत्यु भएको छ। महाराष्ट्रमा चौबिस घण्टामा ८९५ जनाको मृत्यु भएको छ।

कर्नाटकमा १४ दिनका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

धेरै राज्यमा कोरोना संक्रमण बढेपछि कर्फ्यु तथा लकडाउन नै गरिएको छ।

दिल्लीका अहिले शवदाह स्थलको समेत कमी भइरहेको छ। मृत्युको संख्या बढेपछि त्यहाँ अस्थायी शवदाह स्थलहरू बनाउन थालिएको छ।

दिल्लीको सराय काले खान शवदाह स्थलमा अन्तिम संस्कारका लागि २७ नयाँ ठाउँहरू बनाइएको छ।

सँगै जोडिएको एउटा पार्कको खुल्ला ठाउँमा ८० शव जलाउन मिल्ने बनाइएको छ। यो ठाउँमा पहिला एकै साथ २२ शवको मात्रै अन्तिम संस्कार गर्नसकिन्थ्यो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *