स्वास्थ्य मन्त्रालयले सबै मेडिकल कलेजसँग गर्यो सम्झौता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का बिरामीको उपचारका लागि सबै मेडिकल कलेजहरु तथा अस्पतालहरुसँग सम्झौता गरेको छ।

मन्त्रालयले कोभिडको दोस्रो लहर देशभर फैलिएसँगै सबै मेडिकल कलेजहरुसँग कोभिड बिरामीको उपचारका लागि सम्झौता गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले सरकारको निर्णय अनुसार देशैभरिका मेडिकल कलेज तथा अस्पतालहरुसँग सम्झौता गरेको बताए। अहिले देशभर २१ मेडिकल कलेज छन् ।

यस अघि आइतबार बसेको इन्सिडेन्ट कमाण्डको बैठकले सबै मेडिकल कलेज, अस्पतालहरु र २ सयभन्दा बढी शैय्या भएका अस्पतालहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले स्थानीय तहका १५ बेडसम्मका अस्पतालहरुसँग स्थानीय तहले सम्झौता गर्ने र प्रदेश सामाजिक विकास मन्त्रालयले २ सय शैय्यासम्मका अस्पतालहरुसँग आवश्यताअनुसार सम्झौता गर्दै जाने निर्णय गरेको थियो ।

मन्त्रालयका अनुसार अस्पतालले शैयाहरुमा केयर युनिट स्थापना गर्नुपर्ने हुनछ।

त्यस्तै अस्पतालमा कोरोना संक्रमण भएर उपचारका लागि आएको विरामीहरुको दैनिक अनलाई प्रतिवेदन मन्त्रलायलाई बुझाउनु पर्दछ।

मन्त्रालयले सामान्य उपचारका लागि रु ३५००, मध्यम उपचारका लागि रु ७००० र गम्भीर उपचारका लागि रु १५००० प्रति विरामी प्रति दिनको

हिसाबमा खर्च व्यहोर्ने भनिएको छ। यदि व्यक्ति आफ्नै खर्चमा सुविधा सहितको उपचार गर्न चाहे ५० प्रतिशत बढि शुल्क लिन पाउनेछ।

मन्त्रालयले दिएको सोधभर्ना भूक्तानीबाट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको जोखिम भत्ता पहिलो प्रथमिकतामा राख्नुपर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय