भक्तपुरमा कोरोना खोप लगाएका ३१ जनालाई कोरोना पोजेटिभ

हेल्थपोस्ट नेपाल

भक्तपुरमा कोरोना खोप लगाएका ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ।

सोमबार एक सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा ३१ जना कोरोना खोप लगाएका व्यक्तिहरु रहेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

कोभिड पोजेटिभ हुनेहरुमा खोप लगाएको एक हप्ताभित्रका व्यक्तिहरु रहेको उनले बताए।

साथै उनले टेकु अस्पतालका प्रमुख कल्सल्टेन्ट सरुवा रोग विशेषज्ञ कोभिड डाक्टर अनुप बास्तोलाले खोप लगाएका व्यक्तिहरुमा कोरोना असर कम भएको बताए।

खोप नलगाएका बिरामीको तुलनामा खोप लगाएका बिरामीमा असर कम हुने उनको भनाइ छ।

भक्तपुरमा यस्तो रिपोर्ट पहिलोपटक आएको उनले बताए।

भक्तपुरमा सोमबार सम्म सात सय ७५ जना सक्रिय कोरोना संक्रमित रहेको उनले बताए। जसमा चार सय ३७ पुरुष र तीन सय ३८ जना महिला रहेका छन।

अस्पतालमा ५१ जना बिरामी छन् भने होम आइसोलेसनमा सात सय २४ जना छन्।

कोरोनाबाट भक्तपुरमा एक सय २९ जनाको मृत्यु भइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *