सुदूरपश्चिमका पहाडी जिल्लामा अक्सिजन अभाव

हेल्थपोस्ट नेपाल

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लामा अक्सिजन अभाव कायमै रहेको छ ।

सुदूरपश्चिम प्रदश सरकारले गत बर्ष नै अक्सिजनको व्यवस्था नभएका प्रदेशका पहाडी जिल्ला ९बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरा० स्थित जिल्ला अस्पतालमा अक्सिजनको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणको कोारेना संक्रमण दर कम हुँदै जाँदा प्रदेश सकरारले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेन ।

अहिले दोश्रो चरणको संक्रमण दर उच्च भइरहेका वेला ती ६ वटा पहाडी जिल्लामा विरामीलाई सकस भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल कैलालीको सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, कञ्चनपुरको महाँकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजनको व्यवस्था छ ।

‘सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका सवै जिल्लामा अक्सिजनको व्यवस्था गर्ने निर्णय गरेको थियो’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने–‘तर हाल सम्म निर्णय कार्यान्वन भएको छैन, पहाडी जिल्लामा अक्सिजन आवश्यक पर्ने विरामीलाई डडेल्धुरा वा कैलाली ल्याउनु पर्ने बाध्यता छ ।’

कोराना संक्रमितलाई सवैभन्दा बढी आवश्यकता अक्सिजनको पर्ने गरेको बताउँदै डाक्टर अवस्थीले तत्कालै सवै पहाडी जिल्लामा अक्सिजनको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

‘हाल सम्म पहाडी जिल्लामा आइसियुको व्यवस्था समेत छैन’ स्वास्थ्य निर्देशक अवस्थीले भने–‘सामान्य स्वास्थ्य उपचार गर्न समेत अक्सिजन आश्वयक पर्ने गर्दछ, त्यो पनि नहुँदा स्वास्थ्यकर्मीले कसरी काम गर्ने ?’

सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह कार्कीले भने छिट्टै सवै जिल्लामा अक्सिजनको व्यवस्था गरिने बताए ।

‘मन्त्रालयले १ बर्ष अघिनै सवै जिल्ला स्थित जिल्ला अस्पतालमा आइसियु सहित अक्सिजनको व्यवस्था गर्ने निर्णय गरेको थियो’ प्रबक्ता कार्कीले भने–‘तर केही ढिलो हुन पुग्यो, अव सो निर्णय छिट्टै कार्यान्वयन हुने छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *