काँकडभिट्टा नाकाबाट नेपाल प्रवेशमा रोक


झापा प्रशासनले भारतीयलाई काँकरभिट्टा नाकाबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

भारतमा कोरोना संक्रमण तीव्र फैलिएको र झापामा पनि संक्रमण दर वृद्धि भएपछि आजबाट भारतीयलाई काँकरभिट्टा नाकाबाट प्रवेशमा रोक लगाइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहालले भारतीयलाई काँकरभिट्टा नाकाबाट प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको हो ।

आजबाट काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीयलाई रोक लगाइएको छ।

भारतबाट आउने नेपालीलाई पीसीआर रिपोर्ट हेरेर छोड्ने गरिएको छ , रिपोर्ट नभएकालाई स्थानीय सरकारका प्रतिनिधिको समन्वयमा मात्रै छाड्ने गरिएको छ ।

नेपालबाट भारत जानेलाई परिचय पत्र देखाएर छाडिने गरेको उनले बताए।

झापामा कोरानाको संक्रमणमा ह्वात्तै वृद्धि भएपछि झापाका सबै सीमा नाकामा कडाइ गरिएको छ । आवतजावत गर्नेको संख्या कम भएपछि काँकरभिट्टा नाका सुनसान बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय