मृत्यु छिटो-छिटो, संक्रमणको चेन तोड्न धौ-धौ

बैशाख ११ गते संक्रमण पुष्टि भएकी कोहलपुर नगरपालिका वडा नं. ५ घर भएकी ४५ वर्षीया एक महिलाको १३ गते विहान ज्यान गयो।

संक्रमितहरुको मृत्यु जति जति छिटो–छिटो भइरहेको छ त्यसका कारण जिल्लावासीमा संक्रमणको त्रास बढ्दै गएको अवस्था छ।

कोभिड–१९ संक्रमण दर ९३ प्रतिशत सम्म पुगेको नेपालगन्जमा संक्रमण दर ७० प्रतिशतमा झरेको भए पनि संक्रमणको चेन तोड्न भने अहिले पनि धौ–धौ परिरहेको अवस्था छ।

बाँके जिल्लामा अहिले कोभिड–१९ बाट संक्रमितहरुको संख्या बढ्नुका कारणहरु विभिन्न छन्। ति मध्येको एउटा कारण नेपाल भारत खुल्ला सिमा पनि हो।

मुल विषय संक्रमण फैलने दरलाई नियण्त्रण गर्न नेपालगन्ज आसपासको क्षेत्रमा समस्या कायमै रहेको अवस्था छ। आइतबार गरिएको ३ सय ४३ जनाको परिक्षण मध्ये ३ सय जना बाँकेका संक्रमित रहेका छन्।

नेपाल भारत सिमाबाट आउजाउ गर्नेहरुको क्रम नरोकिनुले बाँकेमा मात्रै नभएर यो नाका भएर पुग्ने अन्य क्षेत्रमा समेत कोभिड–१९ संक्रमण बढीरहेको अवस्था छ।

पछिल्लो तथ्याकंलाइ केलाउने हो भने नेपालगन्ज भेरी अस्पतालमा गरिएको १ सय ९५ को जाँचमा १ सय ६२ जना संक्रमित थपिए।

मेडिकल कलेज कोहलपुरमा ९४ जनाको परिक्षण गरिएकोमा ६७ जनामा संक्रमण पुष्टि भयो। बागेश्वरी ल्याब नेपालगन्जमा १२ जना, जमुनाह समिामा गरिएको परिक्षणमा २ जना संक्रमित थपीएका हुन्।

नेपालगन्जमा ११ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

भेरी अस्पतालमा २ सय ३ जना उपचारमा रहेकोमा ६८ जना सिकिस्ति अवस्थाका संक्रमितहरु छन्। मेडीकल कलेज कोहलपुरमा  ५७ जना उपचारमा रहेका मध्ये २६ जना सिकिस्त अवस्थाका छन्।

ह्वाइटहाउस आइशोलेसन सेन्टरमा ३९ जना उपचारमा छन्। कोहलपुर नगरपालिका कोभिड अस्पतालमा १२ जना उपचारार्थ भर्ना छन्,ति मध्ये ४ जना सिकिस्त अवस्थामा छन्।

पछिल्लो तथ्यांक अनुसार बाँकेमा २ हजार २ सय ७८ जना घरमै आईशोलेसनमा बसेका छन्।

कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सहयोगका लागि संघीय सरकार संग थप सहयोग माग समेत गरिरहेको अवस्था छ।

भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा कार्यरत जनशक्तिबाट मात्र कोरोनाका बिरामीको उपचार सम्भव नहुने अवस्था आएकाले सहयोगका लागि अपिल गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउँछन्।

यसैबीच तत्काल भेरी अस्पतालमा १० जना मेडिकल अफिसर,४० जना स्टाफ नर्स सहित ८० जना जन शक्ति थप हुने भनिएको छ।

साथै सोमबार लुम्विनि प्रदेश सरकारले कोरोना नियण्त्रण तथा उपचारका लागि भन्दै बुटवल, दाङ र बाँकेको अस्पताललाई ५० लाख रकम तत्काल उपलब्ध गराउने भएको छ।

नेपालमा कोभिड–१९ बाट संक्रमित भएर ३ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ । त्यस मध्ये बाँकेमा मात्रै ८७ जनाको ज्यान गएको छ।

हाल सम्म ७ वर्ष देखि ७३ वर्ष सम्मका संक्रमितहरुको बाँकेमा मृत्यु भईसकेको छ। बाँकेमा हाल सम्म १ सय २५ जना संक्रमण मुक्त भएर स्वास्थ्यलाभ गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय